Kathmandu Press

स्ववियू निर्वाचनमा नेवि संघलाई जिताउन सातै प्रदेशमा कांग्रेस नेता परिचालन 

स्ववियूमा नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा नेतालाई जिम्मेवारी तोकिएको छ। स्ववियु निर्वाचनको मिति ५ चैतका लागि तय भइसकेको छ। 
स्ववियू निर्वाचनमा नेवि संघलाई जिताउन सातै प्रदेशमा कांग्रेस नेता परिचालन 

काठमाडौं, फागुन १८ : आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनकाे तयारीका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा नेता परिचालन गरेको छ। 

महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी दिइएको छ। 

स्ववियूमा नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा नेतालाई जिम्मेवारी तोकिएको छ। स्ववियु निर्वाचनको मिति ५ चैतका लागि तय भइसकेको छ। 

कांग्रेसले सहमहामन्त्री भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी प्रदेश हेर्ने जिम्मेवारी दिएको छ। नेताहरू चन्द्र भण्डारीलाई लुम्बिनी, जीवनबहादुर शाहीलाई कर्णाली र एनपी साउदलाई सुदूरपश्चिममा खटाइएको छ।

यसैबीच, आज तयारी स्वरुप कोशी र बागमतीका केन्द्रीय सदस्यहरूलाई अनौपचारिक छलफलका लागि केन्द्रीय कार्यालयमा बोलाइएको छ। 

कांग्रेसले स्ववियु चुनावमा कांग्रेस र एमालेका विद्यार्थी संगठन मूख्य प्रतिस्पर्धी शक्ति भएकाले स्वच्छ वातावरणमा निर्वाचन गराउन भूमिका खेल्न आन्तरिक सर्कुलर समेत गरेको छ। 

प्रकाशित मिति: १५:११ बजे, आइतबार, फागुन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्