Kathmandu Press

फेरि सभापतिमा उठ्ने प्रकाशमानको संकेत, भन्छन्– अब सभापतिभन्दा तल उठ्न मिल्दैन

‘म ग्रासरूटबाट आएको हुँ। लिगेसी पनि छ। जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ,’ पत्रकारको जिज्ञासामा श्रेष्ठले भने, ‘संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’
फेरि सभापतिमा उठ्ने प्रकाशमानको संकेत, भन्छन्– अब सभापतिभन्दा तल उठ्न मिल्दैन
फाइल तस्बिर।

काठमाडौं, फागुन १८ : उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू अब पार्टी सभापति र प्रधानमन्त्री हुन बाँकी रहेको बताएका छन्। 

उनले कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापति भन्दा तल उठ्न नमिल्ने बताए। श्रेष्ठले कांग्रेसकोे १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन्। 

आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले उक्त भनाई राखेका हुन्। 

‘म ग्रासरूटबाट आएको हुँ। लिगेसी पनि छ। जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ,’ पत्रकारको जिज्ञासामा श्रेष्ठले भने, ‘संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’

१४औं महाधिवेशनमा सिंह कांग्रेस सभापतिका उम्मेदवार थिए। श्रेष्ठले गएको महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गरेको बताउँदै अब त्यसभन्दा तल उठ्न नमिल्ने पनि बताए। 

श्रेष्ठले कांग्रेसको महाधिवेशन समयमै हुने समेचत बताए। 
 
प्रकाशित मिति: १५:०५ बजे, आइतबार, फागुन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्