Kathmandu Press

‘नो केवलकार समुह’लाई गृहमन्त्रीले वार्तामा बोलाए 

राष्ट्रिय सभा बैठकमा आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार समूह’ ले उठाएका विषयप्रति सरकार गम्भीर भएको बताउँदै वार्तामा डाकेका हुन्। 
‘नो केवलकार समुह’लाई गृहमन्त्रीले वार्तामा बोलाए 

काठमाडौं, फागुन १८ : गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएका ‘नो केवलकार समुहलाई वार्तामा आउन आह्वान गरेका छन्। 

राष्ट्रिय सभा बैठकमा आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार समूह’ ले उठाएका विषयप्रति सरकार गम्भीर भएको बताउँदै वार्तामा डाकेका हुन्। 

Hardik ivf

गृहमन्त्री लेखकले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको पनि बताए । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको समेत बताए। 

यस्तै, उनले सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाए। 

सांसदले सोधेको प्रश्नको जवाफमा लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता जनाए। 

विभिन्न विधेयक सदनमा पुगेको र अन्य नीतिगत एवम् कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी पनि गृहमन्त्री लेखकले दिए। भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणको कामले लय समातेको भनाइ लेखकको थियो। 

यस्तै, भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको पनि लेखकले बताए। 

 

प्रकाशित मिति: १४:३५ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्