बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, डिएसपी पौडेल घाइते
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा परी प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्।
काठमाडौं, फागुन १८ : ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।
‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनकाक्रममा झडप भएको हो।
निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा परी प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्। उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिको जुलुस बानेश्वरस्थित बेकरी क्याफे अगाडि पुग्दा झडप भएको थियो। प्रदर्शनकारी तर्फपनि केही व्यक्ति घाइते भएको जनाइएको छ।
प्रकाशित मिति: १३:३२ बजे, आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)