कैलालीको जंगलमा २ शव भेटियो
चौधरीको शव साइकलको ट्युबको डोरीले घाँटीमा पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा र करिब १५ मिटर पर रानाको शव भुईँमा फेला परेको प्रहरीले जनाएको छ।
कैलाली, फागुन १८ : कैलालीको जंगलमा दुई शव भेटिएको छ।
आइतबार धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक वनमा दुई युवाको शव भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू धनगढी–१० का देवल चौधरी र सोही ठाउँका कैदा राना छन्।
चौधरीको शव साइकलको ट्युबको डोरीले घाँटीमा पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा र करिब १५ मिटर पर रानाको शव भुईँमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठाएको छ।
यस्तै, प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित मिति: १३:१३ बजे, आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार