Kathmandu Press

हिमपातका कारण बन्द नाग्म–गमगढी सडक अझै खुलेन

बाक्लो हिउँ जमेकाले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ। हिउँले सडक बन्द भएपछि राराताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू अलपत्र परेका छन्। 
हिमपातका कारण बन्द नाग्म–गमगढी सडक अझै खुलेन

मुगु, फागुन १८ : गत शुक्रबार रातिबाट परेको अबिरल वर्षासँगैको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। 

जुम्लाको भुलभुलेदेखि मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन्। 

Hardik ivf

बाक्लो हिउँ जमेकाले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ। हिउँले सडक बन्द भएपछि राराताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू अलपत्र परेका छन्। 

मालसामाना, खाद्यान्न, निर्माण सामग्री र यात्रु बोकेका १५ वटा गाडी दुई दिनदेखि बीचमै रोकिएको यात्रु शिवचन्द्र कार्कीले बताए।

Photo-(10)-(1)-1740899643.jpeg
 
हिमपातले बन्द सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग सहकार्य गरि जेसिभीले हिउँ पन्छाउने काम भइरहेको छ।

सडकभरी हिउँ परेको छ भने रुख ढलेर थप समस्या आएको छ । सकभर आज बेलुकीसम्म हिउँपातले बन्द सडक खुलाउने तयारी भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।
 
प्रकाशित मिति: १२:५९ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्