Kathmandu Press

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा

धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ।
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा

महोत्तरी, फागुन १८ : मिथिला माध्यमिकी परिक्रमा आइतबार महोत्तरीको मटिहानी पुगेको छ। 

धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ।

Hardik ivf

पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको थियो। त्यपछि शनिबार गिरिजा स्थान पुगेर आज आइतबार महोत्तरीको मटिहानी प्रवेश गरेको छ।

श्रद्धालुहरुको सुविधालाई मध्यनजर गर्दै मटिहानी नगरपालिकाले आज सार्वजनिक विदासमेत दिएको छ।

महोत्तरीमा पर्ने रात्रि विश्रामस्थलहरु मटिहानी, जलेश्वर, महोत्तरी, बलवा र भङ्गाहा रहेको छ। 

नेपालतर्फ महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको कुल एक सय ३३ किलोमिटर वृतभित्र माध्यमिकी यात्रा गरिन्छ। जसमध्ये नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २८ किमी दूरी रहेको छ।
 

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्