Kathmandu Press

‘पर्यटकीय पुर्वाधार विकासको लागि निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका’

‘पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका हुन्छ। निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन स्थानिय, प्रदेश र संघ सरकारले उपयुक्त निति नियम र कानून निमार्ण गरेर प्रोत्साहन गरिदिनुपर्छ,’ उनले भने।
‘पर्यटकीय पुर्वाधार विकासको लागि निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका’

कास्की, फागुन १७ : राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पुर्वाधार विकासको लागि  निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण रहेको बताएका छन्। 

शनिबार पोखराको सराङकोट धाममा निर्माण भएको विशाल पञ्चमुखी गणेश मूर्ति एवम् देवालयको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बताउनुपर्ने बताएका हुन्। 

‘पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका हुन्छ। निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन स्थानिय, प्रदेश र संघ सरकारले उपयुक्त निति नियम र कानून निमार्ण गरेर प्रोत्साहन गरिदिनुपर्छ,’ उनले भने।

उनले देश र जनताको लागि थुर्पै काम गर्न बाकी रहेको भन्दै राष्ट्र निमार्णको महा यज्ञमा जुट्न सबैलाई अपिल समेत गरे।  

यस्तै, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मानिसलाई धर्म र सस्कृतिले सुख दिने बताएका छन्। उनले अब विश्वलाई धर्म र सस्कृतितिर डोर्याउनुपर्ने बताए। 
 
प्रकाशित मिति: २१:१८ बजे, शनिबार, फागुन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्