Kathmandu Press

नेपालमा अहिले खेलको महत्व पुनर्स्थापित भएको छ : परराष्ट्रमन्त्री राणा

उनले खेलाडी भनेको सकरात्मक उर्जा दिने जमात भएको भन्दै राजनीतिकरणले ओझेलमा परेको खेलको महत्व अहिले पुनर्स्थापित भएको बताइन्। 
नेपालमा अहिले खेलको महत्व पुनर्स्थापित भएको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं, फागुन १७ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा अहिले खेलको महत्व पुर्नस्थापित भएको बताएकी छन्। 

शनिबार ललितपुरमा चौथौ कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको अन्तिम दिन सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले खेलाडी भनेको सकरात्मक उर्जा दिने जमात भएको भन्दै राजनीतिकरणले ओझेलमा परेको खेलको महत्व अहिले पुनर्स्थापित भएको बताइन्। 

Hardik ivf

‘खेलाडी भनेको सकरात्मक उर्जा दिने जमात हो। अहिलेको खेलकुद हेर्दा बल्ल नेपालमा खेलको महत्व पुर्नस्थापित भएको जस्तो मलाई लागेको छ। पहिला पनि खेल जगतमा धेरै कुरा हुन्थ्यो तर बीचमा धेरै नै राजनीतिकरण भयो जसले गर्दा ओझेलमा पर्यो,’ उनले भनिन्, ‘अहिले फेरि यसको महत्व के हो भनेर नेपाली कांग्रेसका खेलाडी साथिहरु एकदमै जोडदारका साथ लाग्नु भएको छ। यो हेर्दा मलाई एकदमै खुसी लागेको छ।’

मन्त्री डा. राणाले नेपाली कांग्रेसले युवाहरुको भविश्य बनाउन सक्ने भन्दै बाग्मती प्रदेशले युवाहरुलाई लक्षित गरेर खेलकुदलाई जोड दिएको बताइन्। 

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ठ महर्जन, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सांसद डा.उदय समशेर राणा, पूर्वमन्त्री मोहनबहादुर बस्नेतलगायतले आफ्ना धारणा राखेका थिए। 
 

प्रकाशित मिति: १९:०१ बजे, शनिबार, फागुन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्