Kathmandu Press

प्रीति राई सम्मानित

फाउन्डेसनले शनिबार एक विशेष समारोह आयोजना गर्दै राष्ट्रिय महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य प्रीतिलाई सम्मान गरेको हो। पुरस्कारको राशी १ लाख रुपैयाँ छ। 
प्रीति राई सम्मानित

काठमाडौं, फागुन १७ : स्टार मिडफिल्डर प्रीति राई सम्मानित भएकी छिन्। ‘युवा स्टार फाउन्डेशन’ प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीको सम्मान प्रदान गरेको हो। 

फाउन्डेसनले शनिबार एक विशेष समारोह आयोजना गर्दै राष्ट्रिय महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य प्रीतिलाई सम्मान गरेको हो। पुरस्कारको राशी १ लाख रुपैयाँ छ। 

Hardik ivf

प्रीति राई राष्ट्रिय महिला टिमकी सबैभन्दा महत्वपूर्ण सदस्य हुन्। १८ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेकी उनको प्रदर्शनको ग्राफ निरन्तर उकालो यत्रामा छ। उनले यसैसाता सकिएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

सम्मान ग्रहण गर्दै प्रीतिले महिला फुटबलमा लगानी बढ्दै गएको र यसले आफूहरूलाई फुटबल खेल्ने ऊर्जा थपिरहेको बताइन्।सबै खेलाडीसँग जितको मानसिकता भए उपाधि जित्न सकिने बताइन्। 

यस्तै, फाउन्डेशनका अध्यक्ष मोहनचन्द्र सिंहले खेलकुदमा महिला टोलीले जुन किसिमको प्रदर्शन गरिरहनु भएको छ त्यो एकदमै उत्कृष्ट रहेको बताए। उनले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन नेपाली महिला टिमले गरेको छ त्यसले नेपाललाई विश्वसामू चिनाउन मद्दत पुर्याएको बताए।

फाउन्डेनसले अबदेखि यो पुरस्कार प्रत्येक वर्ष उत्कष्ट महिला फुटबलरलाई प्रदान गर्ने छ। यसका लागि उसले नेपाल पत्रकार खेलकुद मञ्चसँग सहकार्य गरेको छ। 

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, फागुन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्