Kathmandu Press

शिक्षकलाई पार्टीहरूले दुरुपयोग मात्रै गरे : सुमना श्रेष्ठ

‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो,’ उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन।’ 
शिक्षकलाई पार्टीहरूले दुरुपयोग मात्रै गरे : सुमना श्रेष्ठ

सुनसरी, फागुन १७ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताएकी छिन्।

शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरेकी हुन्। 

‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो,’ उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन।’ 

सांसद श्रेष्ठले तालाबन्दीले विद्यालयमा पढ्ने वातावरणको सिजृना नभएको उल्लेख गरेकी छिन्। 

व्यवहारिक शिक्षाको आवश्यता रहेको बताउँदै उनले दक्ष जनशक्ति बनाउन आवश्यक रहेको उल्लेख गरिह्न। 

प्रकाशित मिति: १४:५० बजे, शनिबार, फागुन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्