Kathmandu Press

‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक [भिडियाे]

गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ। भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ।
‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक [भिडियाे]

काठमाडौं, फागुन १७ : प्रदर्शनरत फिल्म ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ। निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर छ।

कुमार कट्टेलको निर्देशन रहेको फिल्मको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ। गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ। भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ।

Hardik ivf

गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ। फिल्मका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ।

‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ। यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ।

हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। 

जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने रामनरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन्। 

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, फागुन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्