लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखियो : गृहमन्त्री
उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए। उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए।-1740811468.jpg)
काठमाडौं, फागुन १७ : गृहमन्त्री रमेश लेखकले लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखापरेको बताएका छन्।
शनिबार ‘लागूऔषध विरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले लागूऔषध समाजका लागि एउटा घातकको रुपमा देखा परेको बताएका हुन्।
‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ। समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ। खास गरेर युवाहरुमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ। समाजकै लागि चुनौतिपूर्ण बन्दै गइरहेको छ। व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दैछ। समग्र समाजलाई यसले खोक्रो बनाउँदैछ,’ उनले भने, ‘समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले। जो व्यक्ति लागूऔषधको दुर्व्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ। तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ।’
उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए। उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए।
‘समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध बनेको छ । यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको छ। झण्डै ३३ प्रतिशत भन्दा बढी मानिसहरु लागूऔषधको दुव्र्यसनमा परेका छन्,’ उनले भने, ‘एक दिनमा १७ जना मानिस आत्महत्या गरेर मरिरहेका छन्। मानिस लागूऔषध सेवन गर्छ र डिप्रेसनमा जान्छ यसको पछि पनि लागूऔषध नै छ।’











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)