Kathmandu Press

सहकारी राम्रो हो भन्ने कुरालाई गतिविधिबाट देखाउनुपर्छ : मन्त्री सिंह

मन्त्री सिंहले सहकारीप्रतिको नकरात्मक भावलाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनुपर्ने पनि बताए। 
सहकारी राम्रो हो भन्ने कुरालाई गतिविधिबाट देखाउनुपर्छ : मन्त्री सिंह

काठमाडौं, फागुन १७ : उपप्रधानमन्त्री एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताको लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको बताए। 

Hardik ivf

‘जनताले सरकारको आयुको त ठेगान छैन्, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो,’ उनले भने, ‘कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गई रहेको छ।’

मन्त्री सिंहले सहकारीप्रतिको नकरात्मक भावलाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनुपर्ने पनि बताए। 

‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईहरुको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने।

जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना भएको भन्दै यसलाई पूरा गर्नको लागि राजनीतिक स्थिरता दिनपर्छ र त्यसका आधारमा अरु सबै कामहरु गर्न सकिन्छ भनेर लागि रहेको पनि उनको भनाई छ। 

प्रकाशित मिति: १२:२२ बजे, शनिबार, फागुन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्