माध्यमिकी परिक्रमा आज गिरिजा स्थान पुग्दै
पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको थियो भने आज गिरिजा स्थान (फुलहर) पुग्दै छ।(1)-1740807332.jpg)
धनुषा, फागुन १७ : मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दैछ।
मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबारदेखि सुरु भएको छ। धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ।
पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको थियो भने आज गिरिजा स्थान (फुलहर) पुग्दै छ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ। परिक्रमामा श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने गर्छन्।
आइतबार महोत्तरीको मटिहानी गर्नेछ भने त्यस्को अर्को दिन मडई, ध्वरुकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्नेछ । कञ्चनवनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ।
त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोसर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन्।
फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् । अन्तरगृह परिक्रमाको भोलीपल्ट जनकपुरमा होली खेलिने परम्परा रहेको छ।