Kathmandu Press

आर्मी केपी ओली कपको फाइनलमा

शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–१ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।
आर्मी केपी ओली कपको फाइनलमा

काठमाडाैं, फागुन १६ : विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–१ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।

आर्मीको जितमा जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरे भने संकटाका विशन गुरुङले गोल गरेका थिए। 

नवयुगले खेलको ७औं मिनेटमै आर्मीलाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए। उसका दिनेशले गोल गरेका थिए।

इन्जुरी समयमा संकटाका विसन गुरुङले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा आर्मी २–१ले विजयी भयो। 

अब आर्मीले सोमबार हुने फाइनलमा उपाधिका लागि आयोजक केपी एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ। 
केपी एफसी र मछिन्द्रबीचको खेल भोलि दशरथ रंगशालामा हुनेछ। 
 

प्रकाशित मिति: २०:३६ बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्