अफगानिस्तान र अस्ट्रेलियाबीचको निर्णायक खेलमा वर्षा बाधक
अस्ट्रेलिया र अफगानिस्तानबीचको निर्णायक खेलमा वर्षा बाधक बनेको छ।
काठमाडौं, फागुन १६ : अस्ट्रेलिया र अफगानिस्तानबीचको निर्णायक खेलमा वर्षा बाधक बनेको छ।
लाहोरको गद्दाफी स्टेडियममा शुक्रबार राति दोस्रो इनिङमा अस्ट्रेलियाले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल रोकिन पुगेको हो।
अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको छ।
ट्राविस हेड ५९ रन बनाएर खेलिरहेका छन्। उनले ४० बलमा ९ चौका र १ छक्का हानेका छन्। कप्तान स्टिभन स्मिथ २२ बलमा २ चौकाको मद्दतले १९ रन जोडेर खेलिरहेका छन्।
ओपनर म्याथ्यु सट १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० रन बनाएर आउट भएका थिए। पाँचौं ओभरको तेस्रो बलमा उनी अजमतउल्लाह ओभरजईको बलिङमा गुलबदिन नइबबाट क्याच आउट हुन पुगेका थिए।
पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको उदीयमान टिम अफगानिस्तान सेमिफाइनल नजिक छ। पाकिस्तानको लाहोरमा जारी समूहको अन्तिम खेलमा अस्ट्रेलियालाई २७३ भन्दा कममा रोक्न सकेन ऊ सेमिफाइनलमा पुग्नेछ।
अफगानिस्तानका लागि सदिकउल्लाह अतलले सर्वाधिक ८५ रन बनाए। उनले ९५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
३१.२ ओभरमा अतल आउट हुँदा अफगानिस्तानले १७६–५को अवस्थामा थियो। त्यसपछि कप्तान हस्मतुल्ला साहिदी र मोहमम्द नाबी चाँडै आउट भएपछि ऊ १९९–६को दबाबपूर्ण अवस्थामा आएको थियो। तर, त्यसपछि इनफर्म ब्याट्सम्यान अज्मतुल्लाह ओमरजाइले ६३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ६७ रनको महत्वपूर्ण इनिङ खेलेपछि अफगानिस्तान बलियो अवस्थामा पुग्यो।
बलिङमा अस्ट्रेलियाका बेन ड्वासिसले ३ तथा स्पेन्सर जोन्सन र एडम जम्पाले समान २ विकेट लिए।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)