Kathmandu Press

‘निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन’

‘सरकारले सामूदायिक विद्यालय सञ्चालन गर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्ने, राम्रो शिक्षाको व्यवस्था गर्ने काम राज्यले गर्नुपर्छ। तर निजी र आवसीय विद्यालयहरुलाई मारेर त्यो राम्रो हुन्छ भन्ने सिद्धान्त छ। त्यो विल्कुल बेठिक छ।’ 
‘निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन’

काठमाडाैं, फागुन १६ : गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरुको स्थापनाले सार्वजनिक विद्यालयको गुणस्तर नघटाएको बताएका छन्। 

शुक्रवार प्याप्सनको आठौं राष्ट्रिय महाधिवेशन उट्घाटन समारोहमा बोल्दै उनले निजी विद्यालयहरुलाई समाप्त गरेर सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्नु गलत भएको बताएका हुन्। 

Hardik ivf

‘सरकार आफ्नो धारणा नीतिगत रुपमा स्पष्ट पारेको  । हरेक कुरा पारदर्शी गराएको छ। मैले पटक पटक भनेको छु, निजी या आवसीय विद्यालयहरुको स्थापनाले सार्वजनिक अथवा सामाजिक विद्यालयको गुणस्तर घटाएको होइन,’ उनले भने, ‘निजी या आवसीय विद्यालयलाई समाप्त गरिदियो भने सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्ने होइन।’

गृहमन्त्री लेखकले थप भने, ‘सरकारले सामूदायिक विद्यालय सञ्चालन गर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्ने, राम्रो शिक्षाको व्यवस्था गर्ने काम राज्यले गर्नुपर्छ। तर निजी र आवसीय विद्यालयहरुलाई मारेर त्यो राम्रो हुन्छ भन्ने सिद्धान्त छ। त्यो विल्कुल बेठिक छ।’ 

उनले निजी र आवसीय विद्यालयहरुको देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै शिक्षको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका रहेको बताए।
 
यस्तै उक्त्त समारोहमा बोल्दै रास्वपाका सांसद हरी ढकालले अनावश्यक दलीयकरण शिक्षा क्षेत्रको महारोग भएको बताए। 

कार्यक्रममा नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपालको संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेपनि त्यो पुरा गर्न चुनौति रहेको बताए। 

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्