Kathmandu Press

विभिन्न अपराधम फरार १० जना प्रतिवादी पक्राउ

रौतहट प्रहरीले १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
विभिन्न अपराधम फरार १० जना प्रतिवादी पक्राउ

रौतहट, फागुन १६ : रौतहट प्रहरीले १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न समयमा अपराधिक क्रियाकलाप गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार  जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ हुनेहरुमा कुटपिटमा साफी आलम , शिक्षा समन्धिमा सुनिता कुमारी , जालसाजीमा महेन्द्र साह , जुवामा शेख हैदर अलि, कुटपिट लुटपिटमा रुवाना खातुन, किर्ते जालसाजीमा नन्दकिशोर राम, वनमा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरन्जान पसवान, चेक अनादरमा प्रभु हजरा र घरेलु हिंसामा मेघु हजरा रहेका छन्।

पक्राउ परेका १० जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा  उपस्थित गराईएको प्रवक्ता रायले बताए। जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्