Kathmandu Press

राष्ट्रपतिका सल्लाहकारलाई विवादमा पार्ने दुष्प्रयास : डिएलए  

नेपाल बार एसोसिएसनको चुनावका लागि शीतलनिवासमा बसेर टिकट बाँडन थालेको भन्ने प्रायोजित र कपोलकल्पित प्रचार गर्ने गराउने कार्य भएको भन्दै डिएलएले कोही भ्रममा नपर्न आग्रह समेत गरेको छ।
राष्ट्रपतिका सल्लाहकारलाई विवादमा पार्ने दुष्प्रयास : डिएलए  

काठमाडौं, फागुन १६ : डेमाक्रेटिक लयर्श एशोसिएशन (डिएलए) ले नेपाल बारएशोसिएसनको उम्मेदवारीको बिषयमा राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरको नाम जोडेर प्रायोजित र कपोलकल्पित भ्रम छर्ने प्रयास भएको बताएको छ । 

नेपाल बार एसोसिएसनको चुनावका लागि शीतलनिवासमा बसेर टिकट बाँडन थालेको भन्ने प्रायोजित र कपोलकल्पित प्रचार गर्ने गराउने कार्य भएको भन्दै डिएलएले कोही भ्रममा नपर्न आग्रह समेत गरेको छ।

Hardik ivf

आगामी चैत २३ गते हुने बार निर्वाचनमा डिएलएतर्फ अध्यक्षलगायतका उम्मेदवारको टिकटसँग जोडेर राष्ट्रपतिका सल्लाहाकार कुँवरलाई नियोजित रुपमा बदनाम गर्ने प्रपञ्च रचिएको ठहर डिएलएको छ । 

पारिवारिक कामको शिलशिलामा गृहनगर अर्घाखाँचीमा रहेका कुँवरको तेजोबध गर्ने निहित उद्देस्यले प्रायोजित रुपमा दुश्प्रचार गरिएको भन्दै डिएलएले क्षोभ व्यक्त गरेको छ । डिएलएका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारीले बार निर्वाचनको मुखमा राष्ट्रपतिका सल्लाहाकारलाई विवादमा तान्ने दुष्प्रयास भएको बताए । 

‘बारका लागि उम्मेदवार चयन गर्न पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ताको हैसियतमा डिएलएले विशेष आग्रह गरेरै छनोट समितिमा राखेको हो । डिएलएको आग्रह अनुरुप उहाँ रहनुभएको हो,’ डिएलए महासचिव अधिकारीले भने, ‘शीतलनिवासमा बसेर निकटलाई चुनावको टिकट बाँड्न थालेको भनेर कतिपय मिडियामा चलाइएका हल्ला पुरै प्रायोजित र कपोलकल्पित हुन् । एउटा बहानाबाजी गरेर बदनाम गर्न र वाइह्यात हल्ला पिटाउन कसैले मिडियालाई हतकण्ठा बनाएको आभाष मिलेको छ । यस्ता गत क्रियाकलापप्रति दुःख र क्षोभ छ ।’ 

महासचिव अधिकारीले यस्ता अफवाहको भ्रममा नपर्न पनि आग्रह गरेका छन् । डिएलएले उक्त कार्य कार्य नरोकिए कानुनी उपचारमा जाने चेतावनी समेत दिएको छ । 

 

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्