रौतहटका अवैध औषधी पसलमा ताला
अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फीन फार्मेसी, आयु मेडिकल हल अवैध रुपमा संचालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो।-1740743844.jpg)
रौतहट, फागुन १६ : रौतहटको चन्द्रपुरमा रहेको केही औषधी पसल अवैध रुपमा संचालनमा रहेको पाइएको छ। औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगंजबाट आएको अनुगमन टोलीले अनुगमनका क्रममा फेला परेको हो।
अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फीन फार्मेसी, आयु मेडिकल हल अवैध रुपमा संचालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो।
यस्तै हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसलमा पनि ताला लगाएको छ। फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानको लागि संचालक लाई बिभागमा हाजिर हुन भनिएको शाखा कार्यालय वीरगञ्जका प्रमुख अरबिन्द बानियाले जानकारी दिए। उनीहरुलाई औषधी ऐन २०३५ अनुसार कारवाही हुने उनको भनाइ छ।
केहि औषधी पसलहरुलाइ कागजपत्र नवीकरण गर्नेको लागि सात दिनको समय दिएको र औषधी व्यवस्था बिभाग वीरगंज शाखाका सम्पर्क राख्न समेत जानकारी गराइएको बानियाले बताए।
रौतहटका करिब दुई दर्जनभन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाई कडा भन्दा कडा कारवाही गरेर छाडने औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगञ्जले जनाएको छ।












