Kathmandu Press

सरकार बनाउन मात्रै कांग्रेस–एमाले समिकरण बनेको होइन : गृहमन्त्री 

लेखकले दुई ठूला दलको समिकरण देश विकासको लागि स्थिर सरकार बनाउनका लागि बनेको बताए। 
सरकार बनाउन मात्रै कांग्रेस–एमाले समिकरण बनेको होइन : गृहमन्त्री 
फाइल तस्बिर।

काठमाडौं, फागुन १६ : गृहमन्त्री रमेश लेखकले कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउन मात्रै कांग्रेस र एमाले समीकरण नबनेको बताएका छन्।

शुक्रबा राजधानीमा शुरु भएको नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त भनाई राखेका हुन्।

लेखकले दुई ठूला दलको समिकरण देश विकासको लागि स्थिर सरकार बनाउनका लागि बनेको बताए। 

‘अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन। हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस्,’ गृमन्त्री लेखकले भने, ‘र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएका छन्।’

सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको पनि बताए। सरकारले ल्याएको शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने भनाई उनको थियो। 
 


 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्