Kathmandu Press

१४ लाख ३५ हजार बढी किशोरीलाई एचपीभी खोप

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको जानकारी गराएका हुन्। 
१४ लाख ३५ हजार बढी किशोरीलाई एचपीभी खोप

काठमाडौं, फागुन १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिएको छ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको जानकारी गराएका हुन्। 

Hardik ivf

‘स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा हालसम्म कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको छ। यो कुल लक्ष्यको ९२ प्रतिशत हो,’ उनले भने।

उनले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पा जिल्लामा प्रतिकुल मौसमका कारण निर्धारित तालिका अनुसार खोप अभियान सञ्चालन गर्न नसकेको भन्दै मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ गते र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाए। 

उनले फागुन महिनाभर नसर्ने रोगहरुको रोगथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको र त्यसको लागि स्थानिय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेका छन्। 

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्