Kathmandu Press

हिमपातका कारण सडक अवरुद्ध, हवाई सेवा प्रभावित

नाग्म गमगढी सडकखण्ड अन्तरगत मुगुको छायाँनाथ रारा नगरपालिका ०७ स्थित सात मेडमा रहेको सडकखण्डमा अत्याधिक हिमपातको कारण बाटो अवरोध भएको छ।
हिमपातका कारण सडक अवरुद्ध, हवाई सेवा प्रभावित

मुगु, फागुन १६ : मुगुलगायत हिमाली जिल्लामा शुक्रबार बिहानदेखि परेको हिउँ पानीका कारण जनजीवन प्रभावित भएको छ।

नाग्म गमगढी सडकखण्ड अन्तरगत मुगुको छायाँनाथ रारा नगरपालिका ०७ स्थित सात मेडमा रहेको सडकखण्डमा अत्याधिक हिमपातको कारण बाटो अवरोध भएको छ।

Hardik ivf

बाटो खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले आफ्नो आधिकारिक फेसबुक पेजबाट स्थानीय नागरिक र सरोकारवाला सबैलाई जानकारी गराएको छ।

जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा बिमानस्थलमा दैनिक उडान गरिरहेका जहाजहरु पनि हिउँ पानीका कारण अवरुद्ध रहेको नेपाल नागरिक उड्डयन कार्यालय ताल्च मुगुले जनाएको छ।

जिल्लाको माथिल्लो भुवाग मुगु, डोल्फु, माग्री, मह, पुलु, रोवा, सोभो, सोरुकोट, धैनकोट, खमाले, लमेरा, कोटिलालगायतका बस्तीहरुमा बाक्लो हिमपात भइरहेकाले गाईबस्तु चरिचराउ गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए। 
 
प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्