‘चुनाव जित्ने अनि थन्किएर बस्नका लागि संगठनमा नआएको राम्रो’
रास्वपा सांसद विराजभक्त श्रेष्ठले केही गरौं भनेर आएका युवालाई संसदमा बोल्न नदिने र बोलिरहदा माइक काट्ने गरेको बताए।
काठमाडौं, फागुन १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न, नेता उत्पादन गर्न र त्यसपछि थन्किएर बस्न संगठन आवश्यक नभएको बताएका छन्।
शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भूमिका निर्वाह गर्न संगठन आवश्यक रहने बताएका हुन्।
‘हामीले हाम्रो जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्नको लागि खुल्ला छाड्ने छौं।संगठनका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्नको लागि संगठन आवश्यक छ,’ उनले भने, ‘संगठन मात्र चुनाव जित्ने, नेता उत्पादन गर्ने र त्यसपछि थन्किएर बस्नका लागि संगठन आवश्यकता छैन।’
उनले पदमा बहाली रहेका सम्पूर्णको निगरानी गर्ने, पृष्ठपोषण गर्न, खवरदारी गर्न र त्यो कुरा सार्वजानिक गर्न जिम्मेवारी (रास्वपा) संगठनको रहेको बताए।
यस्तै रास्वपा सांसद विराजभक्त श्रेष्ठले केही गरौं भनेर आएका युवालाई संसदमा बोल्न नदिने र बोलिरहदा माइक काट्ने गरेको बताए।
रास्वपाले केन्द्रीय अधिवेशनलाई लक्षित गर्दै वडा अधिवेशन गरिरहेको छ। शुक्रवार निर्वाचित भएका काठमाडौंका वडा सभापतिहरुलाई सपथ ग्रहण समारोह आयोजना गरेको हो।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)