Kathmandu Press

लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुशी

मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। यससँगै जिल्लामा विद्युत सेवा पनि अवरुद्ध भएको छ। 
लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुशी

मुगु, फागुन १६ : मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसानहरू निकै खुसी भएका हुन्।

मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। यससँगै जिल्लामा विद्युत सेवा पनि अवरुद्ध भएको छ। 

Hardik ivf

लामो समय पछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि  खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ५ का किसान दिनेश मल्लले  बताएका छन्। 

मुगु जिल्ला आकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमा  निर्भर हुने जिल्ला भएकोले कृषकहरुले स्याउ, ओखर, आरुलगाएतका बिरुवालगाउन निकै समस्या भएको थियो । गए रातिबाट पानी पर्दा अब कृषकहरुलाई फलफुलका बिरुवा लगाउन सहज हुने भएकोले खुसी भएको फलफुल कृषक मणिचन्द भामले बताएका छन्। 

कृषक भामका अनुसार पानी परेपछि मुगुका थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउने बताएका छन्। 

लामो समयदेखि पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको अब केही सुधार हुँदै जाने छ भने बर्खे खेती र फलफुल खेति गर्ने कृषकहरुलाई राम्रो हुने भएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मुगुका प्रमुख तेजबिक्रम मल्लले बताए।
 

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्