Kathmandu Press

विद्युत प्राधिकरणले ६ महिनामा कमायो ११ अर्ब ३६ करोड 

प्राधिकरणले उक्त अवधिमा विद्युत् बिक्री, ब्याज र अन्य शिर्षकमा कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ।
विद्युत प्राधिकरणले ६ महिनामा कमायो ११ अर्ब ३६ करोड 

काठमाडौं, फागुन १६ : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। 

प्राधिकरणले उक्त अवधिमा विद्युत् बिक्री, ब्याज र अन्य शिर्षकमा कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ।

प्राधिकरणका अनुसार विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनामा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च भएको छ। गत आवमा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यस अवधिमा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट एक अर्ब १५ करोड र अरू निजी उत्पादक कम्पनीबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ। 

खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको छ। छिमेकी भारतबाट २४ करोड २० लाख युनिट विद्युतु आयात गरी एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। 

गत साउनदेखि पुससम्मको अवधिमा प्राधिकरणले १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । यस अवधिमा१३ अर्ब नौ करोड रुपैयाँ आम्दानी गरेको छ।
 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्