Kathmandu Press

सिद्धार्थ बुटिक होटल बौद्धमा शनिबार ल्होसारको अवसरमा सांगीतिक कार्यक्रम, प्रवेश नि:शुल्क

उक्त कार्यक्रम फागुन १७ गते ९शनिबार० दिउँसो ३ बजेदेखि ९ बजेसम्म सिद्धार्थ बुटिक होटल परिसर बौद्धमा हुने होटलका प्रवन्धक रविन अर्यालले जानकारी दिए। 
सिद्धार्थ बुटिक होटल बौद्धमा शनिबार ल्होसारको अवसरमा सांगीतिक कार्यक्रम, प्रवेश नि:शुल्क

काठमाडौं, फागुन १६ : बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ग्याल्पो ल्होसारको उपलक्ष्यमा सिद्धार्थ बुटिक होटल बौद्धले सांगीतिक कार्यक्रमको घोषणा गरेको छ। 

उक्त कार्यक्रम फागुन १७ गते ९शनिबार० दिउँसो ३ बजेदेखि ९ बजेसम्म सिद्धार्थ बुटिक होटल परिसर बौद्धमा हुने होटलका प्रवन्धक रविन अर्यालले जानकारी दिए। 

Hardik ivf

उक्त कार्यक्रममा विश्व दोङ, सुमिना लो, लाक्पा तेन्जी शेर्पा, पाल्मु शेर्पा, बालगायक लाक्पा डोमा शेर्पालगायतका कलाकारहरुको प्रत्यक्ष प्रस्तुति रहनेछ। 

कार्यक्रममा सहभागीहरुले डिजे नवाङको रोमाञ्चक डिजे सेसन, लोकल ब्याण्डको लाइभ ब्याण्ड प्रस्तुति र परम्परागत सांस्कृतिक घरानाहरुको मनमोहक सांस्कृतिक नृत्यको पनि मजा लिन सक्नेछन्।

अर्यालका अनुसार एक हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको यो कार्यक्रम एक अविस्मरणीय सांस्कृतिक अनुभव हुनेछ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा मनाइने यस कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यसका साथै सशुल्क खाना तथा पेयका स्टल पनि उपलब्ध हुने बताइएको छ।

संगीत, नृत्य र खानाका साथ रमाइलो माहोलमा ल्होसार मनाउन आयोजना गरिएको कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बियर र प्रायोजक कोकाकोला रहेकाछन्।
 

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्