Kathmandu Press

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन 

श्रेष्ठको ८४ वर्षका उमेरमा उपचारका क्रममा आज बिहान महराजगन्जस्थित प्रहरी अस्पतालमा मृत्यु भएको हो। श्रेष्ठको शुक्रबार बेलुका ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। 
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन 

काठमाडौं, फागुन १६ : नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ। 

श्रेष्ठको ८४ वर्षका उमेरमा उपचारका क्रममा आज बिहान महराजगन्जस्थित प्रहरी अस्पतालमा मृत्यु भएको हो। श्रेष्ठको शुक्रबार बेलुका ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। 

Hardik ivf

२०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेकी श्रेष्ठले कृष्णप्रसाद भण्डारीको ‘नेपाल ल फर्म’ बाट वकालत शुरु गरेकी थिइन्। 

श्रेष्ठले झण्डै ४ दशक न्यायाधीशका रूपमा अदालतमा काम गरेकी थिइन्। जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै यनी २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी थिइन्। 

श्रेष्ठ अदालतमा न्यायाधीश हुने पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । उनले २०६५ जेठ २० गते सर्वोच्चबाट अवकास लिएकी थिइन्। 

 


 

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्