Kathmandu Press

सांसद ढकाल र माल्दिभ्सका सभामुखलाबीच भेट

माल्दिभ्सको संसद भवनमा भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय आदानप्रदान अभिवृद्धि तथा क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको बताइएको छ। 
सांसद ढकाल र माल्दिभ्सका सभामुखलाबीच भेट

काठमाडौं, फागुन १६ : माल्दिभ्स भ्रमणमारहेका प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले त्यहाँका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गरेका छन्। 

माल्दिभ्सको संसद भवनमा भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय आदानप्रदान अभिवृद्धि तथा क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको बताइएको छ। 

भेटमा सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट अब्दुल्लालाई शुभकामना व्यक्त गर्दै सार्क मुलुकका सभामुख र सांसदहरूबीचको संसदीय आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका थिए। 

सो क्रममा सभामुख अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए। 

माल्दिभ्सको दुई दिने मैत्रीपूर्ण भ्रमणमा छन् । 

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्