Kathmandu Press

प्रतिकूल मौसमका कारण हवाई उडान, परराष्ट्रमन्त्री चढेको जहाज कोलकाता डाइभर्ट

खराब मौसमकै कारण दोहाबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा आएको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट भएको छ। 
प्रतिकूल मौसमका कारण हवाई उडान, परराष्ट्रमन्त्री चढेको जहाज कोलकाता डाइभर्ट

काठमाडौं, फागुन १६ : प्रतिकूल मौसमका कारण देशको हवाई उडान प्रभावित भएको छ। खराब मौसमका कारण ‘भिजीबिलिटी’ कम हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो।

भिजिबिलिटी कम हुँदा नेपालका अन्तर्राष्ट्रिय र आन्तरिक उठानहरू प्रभापिवत भएको छ। काठमाडौंबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेन। 

Hardik ivf

खराब मौसमकै कारण दोहाबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा आएको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट भएको छ। 

विमानस्थलका अनुसार क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली, चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाजको तिब्बतको ल्हासा डाइभर्ट भएको छ। 

मौसममा क्रमिक सुधार भएसँगै अन्तर्राष्ट्रियतर्फ उडान सुरु भएको कार्यालयले जनाएको छ। क्रमशः आन्तिरिक उडान पनि सुरु भएका छन्।

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्