Kathmandu Press

नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी

‘यो कुनै नयाँ किसिमको भूकम्प होइन। यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो,’ डा. अधिकारीले भने।
नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी

काठमाडौं, फागुन १६ : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन्। 

२०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको उनले बताए। 

Hardik ivf

‘यो कुनै नयाँ किसिमको भूकम्प होइन। यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो,’ डा. अधिकारीले भने।
 
शुक्रबार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। 

भूकम्पबाट अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। उनले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको बताएका छन्। 

उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्