Kathmandu Press

नेमकिपाको आठौं महाधिवेशन आजदेखि सुरु हुँदै

हाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने नेपककिपाले जनाएको छ। 
नेमकिपाको आठौं महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं, फागुन १६ : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजदेखि सुरु हुने भएको छ। 

महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने पार्टीले जनाएको छ। 

नेमकिपाको आठौँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्नेछ। महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने नेपककिपाले जनाएको छ। 

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने हनेछ।
 

प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्