Kathmandu Press

भूकम्पको ठूलाे धक्का महसूस

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.१ रेक्स्टर स्केलको थियो। भूकम्पको केन्द्रबिन्दू सिन्धुपाञ्चोक रहेको केन्द्रले जनाएको छ।
भूकम्पको ठूलाे धक्का महसूस

काठमाडौं, फागुन १६ : शुक्रबार बिहानै भूकम्पको धक्का महसूस भएको छ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेट जँँदा भूकम्पको धक्का महासूस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.१ रेक्स्टर स्केलको थियो। भूकम्पको केन्द्रबिन्दू सिन्धुपाञ्चोककाे भैरवकुण्ड रहेको केन्द्रले जनाएको छ।

भूक्पमको धक्का नेपालको काठमाडौं उपत्यकासहित पूर्वीभाग तथा भारत र चीनमा समेत महसूस भएको छ।

काठमाडौं उपत्यकामा धक्का ठूलै महसूस गरिएको थियो। केही स्थानीयहरु सडकमा समेत निस्किएका छन्।

भूकम्प लगत्तै सामाजिक सञ्जालमा यसैले भरिएको छ। अधिकांशले ठूलो धक्का महसूस भएको उल्लेख गरेका छन्।

 

प्रकाशित मिति: ०३:०५ बजे, शुक्रबार, फागुन १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्