Kathmandu Press

प्रेमीलाई झुक्याएर कतारबाट बोलाइन्, श्रीमानसँग मिलेर हत्या गरिन्

प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन्।
प्रेमीलाई झुक्याएर कतारबाट बोलाइन्, श्रीमानसँग मिलेर हत्या गरिन्

जनकपुर, फागुन १५ : प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन्।

धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षिय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेकी छन्।

मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

गत पुस ४ गते धुनषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डमा रहेको खैरा खोलाको पुलमुनि अन्सारीको निधार तथा घाँटी रेटेर बोराभित्र बाँधिएको अवस्थामा शव फेला परेको थियो।

अनुसन्धानमा मृतक अन्सारीसँग अनिताकुमारी यादव साढे दुई वर्ष प्रेम सम्बन्धमा रहेको खुलेको छ। मृतकले अनितालाई कतार रहँदा बेलाबेलामा पैसा समेत पठाउने गरेकोसमेत खुल्न आएको धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। अनुसन्धानकै क्रममा यादवको श्रीमान राजकिशोर यादवको समेत संलग्नता रहेको खुलेको तिवारीले बताए।

यादव गत मंसिर १५ गते साउदीबाट घर फर्किएका थिए।

अनिताले मृतक अन्सारीलाई उनको श्रीमती बिरामी रहेको झुठो खबर दिई कतारबाट नेपाल बोलाएकी थिइन्। अन्सारी मंसिर २६ गते घर फर्किएका थिए। अन्सारीलाई अनिताले मंसिर २७ गते आफ्नो घरमै बोलाएर श्रीमान् श्रीमती मिलेर उनलाई सुत्ने कोठामा बन्धक बनाई बन्चरो प्रहार गरी हत्या गरेका थिए।

घटना लगतै अनिताका श्रीमान् राजकिशोर साउदी फर्किएका थिए। राजकिशोरलाई नेपाल फिर्ता ल्याउन आवश्यक कानुनी प्रक्रिया भईरहेको छ जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: २०:०७ बजे, बिहीबार, फागुन १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्