Kathmandu Press

किलोको ३ हजारसम्ममा बिक्री हुन थालेपछि सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ।
किलोको ३ हजारसम्ममा बिक्री हुन थालेपछि सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

गोरखा, फागुन १५ : जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ ।

आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताइन्।

'सिर्दिबास र फिलिम जोड्ने पुल मुनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए,' उनले भनिन्, 'बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ । बिहान प्रतिकिलो दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो तीन हजारमा कारोबार भयो।' 

Hardik ivf

उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ।

उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्।

सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताए।

'यसरी मान्छेहरु गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन,' उनले भने।

टिप्न जानेहरुले तरकारी हुन्छ रे भनेर सुनाएको उनले बताए।

यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको छ ।

यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताउँछन्।

'पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ । कहाँबाट आयो थाहा भएन,' उनले भने। 

प्रकाशित मिति: १८:५७ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्