Kathmandu Press

काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा 

संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको छ । 
काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा 

काठमाडौं, फागुन १५ : संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको छ । 

विश्वभरको वायुको गुणस्तर मापन गर्दै आइरहेको आईक्युएअर वेबसाइटले काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको औंल्याएको छ। 
काठमाडौंको प्रदूषणको मात्रा २१४ एक्युआई रहेको आइक्युएअरले उल्लेख गरेको छ।

प्रदुषणको उक्त मात्रा विश्वका अन्य सहरहरूको भन्दा बढी हो । 

काठमाडौंपछि प्रदूषित सहरको दोस्रो नम्बरमा भियतनामको हानोई रहेको छ । तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथोमा बंगलादेशको ढाका र पाँचौंमा सेनेगलको डकार रहेका छन् । आईक्युएअरका अनुसार चीनको सांघाई छैटौं प्रदूषित सहरको सूचीमा छ । 

भारतका कोलकता र मुम्बई क्रमशः सातौं र आठौं नम्बरमा छन् । चीनको राजधानी बेइजिङ नवौं नम्बरमा छ। 

यस्तै,  अफगानिस्तानको काबुल १० औं नम्बरमा छ । काठमाडौं बाहेकका यी विभिन्न मुलुकका शहरहरु प्रदूषित सहरको सूचीमा परे पनि एक्युआई २०० भन्दा तल छ।

 

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, फागुन १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्