Kathmandu Press

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप 

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूहबीच झडप भएको छ । 
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप 

विराटनगर, फागुन १५ : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूहबीच झडप भएको छ । 

आउँदै गरेको स्ववियू निर्वाचनको बिषयलाई लिएर संस्थापन समूह र संस्थापन इतर समूहका विद्यार्थीबीच झडप भएको हो।

झडपका क्रममा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका छन्।

अहिले घाइतेको नोबेल अस्पतालमा उपचार भइरहेको छ । स्ववियु निर्वाचनको भागबन्डा मिलाउने बिषयमा आयोजित छलफलको क्रममा झडपको स्थिति उत्पन्न भएको थियो।

झडपलाई नियन्त्रणमा लिन प्रहरी हस्तक्षेप गर्नुपरेको थियो । अहिले वतावरण शान्त बनेको छ । प्रहरीका अनुसार एउटा समूह हातहतियार सहित कुटपिटमा उत्रिएको जनाएको छ । उक्त घटनाको बिषयमा प्रहरी अनुसन्धान जारी छ। 

 

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्