Kathmandu Press

मुस्लिम समुदायको संवैधानिक हैसियत माओवादी आन्दोलनले गरेको हो : अध्यक्ष दाहाल

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए। 
मुस्लिम समुदायको संवैधानिक हैसियत माओवादी आन्दोलनले गरेको हो : अध्यक्ष दाहाल

सुनसरी, फागुन १५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन्। 

बिहीबार जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनले मुस्लिम समुदाय अधिकार सम्पन्न बनाएको भन्दै माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए। 

Hardik ivf

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए। 

अध्यक्ष दाहालले अन्य दलहरुलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको भन्दै जनताको अधिकार विरुद्ध हुने कुनैपनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए। 

हरिनगरा–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरुले अध्यक्ष दाहाल समक्ष ज्ञापनपत्र बुझाएका थिए।

उनीहरुले सिमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रती गम्भीर हुन आग्रह गर्दै बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए।
 
प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्