‘जाजरकोट भूकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनालाई प्राथमिकता दिइएको छ’
‘आजको बैठकमा हामीले निर्णय गरेका छौं। अब जाजरकोट, बझाङ्ग र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरहरुमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाडि बढाउछौं,’ उनले भने।-(1)-1740647458.jpg)
काठमाडौं, फागुन १५ : गृहमन्त्री रमेश लेखकले जाजरकोट, डोटी र बझाङ्गमा गएको भूकम्पपछिको क्षति आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तिव्रता दिने बताएका छन्।
गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै उनले जाजरकोट, डोटी र बझाङ्गमा भूकम्पपछिको क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले अब तिव्र रुपमा अघि बढाउने जानकारी दिए।
‘आजको बैठकमा हामीले निर्णय गरेका छौं। अब जाजरकोट, बझाङ्ग र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरहरुमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाडि बढाउछौं,’ उनले भने।
गृहमन्त्री लेखकले भुकम्प गएको लामो समय हुँदापनि पुर्ननिर्माण एवं पुर्नस्थापनाको काम अगाढी बढ्न नसकेको बताए।
उनले ६ महिनामा विस्तृत क्षति आंकलन र नीजि घरहरुको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको बताए।
गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ।
यो महिनाभित्र क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनाको लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थाई समन्वय सम्र्पक कार्यालय स्थापना गर्ने उनले बताए।











