Kathmandu Press

वीर अस्पतालमा दुई सिफ्ट अपरेशन गरिने

‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं, उनले भने, बाहिर प्रयोगका लागि गइरहेको परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ। 
वीर अस्पतालमा दुई सिफ्ट अपरेशन गरिने

काठमाडौं, फागुन १५ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा.समाज गौतमले बताए। 

‘अहिले एक सिफ्टमा भइरहेको छ,’उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं,’ निमित्त निर्देशक गौतमले भने।

निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए।

Hardik ivf

‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं, उनले भने, बाहिर प्रयोगका लागि गइरहेको परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ। 

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए । अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ,’ उनले भने, अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन्।’

सफाइका लागि काम सुरु

वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ। शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए।

हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं, उनले भने, यसको नतिजा पनि चाँडै देखिनेछ। 

डा. गौतम एक साताअघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन्। 

यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए। यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए। 
 

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्