Kathmandu Press

कुलमानले दिए २४ घण्टे स्पष्टीकरणको जवाफ 

कार्यकारी निर्देशक घिसिङले आफ्नो जवाफमामन्त्रालयबाट आफूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार नभएको दाबी गरेका छन्।
कुलमानले दिए २४ घण्टे स्पष्टीकरणको जवाफ 

काठमाडौं, फागुन १५ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मागेको स्पष्टीकरणको जवाफ दिएका छन्। 

कार्यकारी निर्देशक घिसिङले आफ्नो जवाफमामन्त्रालयबाट आफूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार नभएको दाबी गरेका छन्।

Hardik ivf

उनले आफु नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा १७ (१) अनुसार चार वर्षको लागि नियुक्त भएको भन्दै मन्त्रालयलाई स्पष्टीकरण माग्ने अधिकार नभएको जवाफ दिएका हुन्। उनी २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। 

‘निवेदकलाई सेवाबाट हटाउनेबारे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्यासम्बन्धी ऐन २०१० को दफ १६, नेपाल सरकारको कार्यसञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची १ को क्र.सं. ३३) र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सवा शर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ को विनियम २४ अनुसार मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्छु,’ उनले जवाफमा उल्लेख गरेका छन्।

जवाफमा उनले आफूले गरेको कसुरबारे मन्त्रालयलाई नै थाहा नभएको जिकिर पनि गरेका छन्। ऊर्जा मन्त्रालयले ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भन्दै दोस्रो पटक घिसिङलाई स्पष्टीकरण सोधेको थियो। 

उनले आफूमाथिका आरोपलाई मनोगत भन्दै आफ्नो नियुक्तिपछिको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गरेको समेत बताएका छन्। 

स्पष्टीकरण पत्रमा आफूलाई प्रतिवाद गर्ने उचित र पर्याप्त समय समेत नदिइएको भनाई घिसिङको छ। उनले मन्त्रालयबाट भारत भ्रमणबारे उठाइएका प्रश्नहरुको समेत जवाफ दिएकाछन्। 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्