Kathmandu Press

स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल

उनले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताए। 
स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल

काठमाडौं, फागुन १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन्। 

बिहीबार काठमाडौंमा २८औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उनले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताए। 

Hardik ivf

‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउदैँ छौ । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दैछौ। विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधि ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ,’ उनले भने, ‘धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौं। नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौं।’ 

स्वास्थ्यमन्त्री पौडेलले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठूलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताए। 
 

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्