काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने
उनका अनुसार शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको विम्ब मेलामा समेटिने छन्।-(38)-1740640255.jpg)
काठमाडौं, फागुन १६ : काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ।
बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नविन मानन्धरले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा फागुन १६ र १७ गते ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।
उनले विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको पनि जानकारी दिए।
‘कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसंग सहकार्य हुनेछ,’ उनले भने, ‘विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ।’
उनका अनुसार शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको विम्ब मेलामा समेटिने छन्।
प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन्।
मेलामा नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिने प्रवक्ता मानन्धरले जानकारी दिए।












