Kathmandu Press

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी  बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं, फागुन १५ : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ। 

यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी  बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ। 

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ।  
 

प्रकाशित मिति: १०:५३ बजे, बिहीबार, फागुन १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्