Kathmandu Press

मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षती

राति १२ बजे नेपाल प्रहरी हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोलि रारा पुगेको थियो।
मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षती

मुगु, फागुन १५ : बुधबार राती १२ बजे मुगुस्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ। उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षती भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ।

आगलागीबाट होटेलका सबै भवनसहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन्।  आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना,निकुन्ज रक्षक, कर्मचारी ,नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएको थियो।

Hardik ivf

राति १२ बजे नेपाल प्रहरी हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोलि रारा पुगेको थियो।

हवल्दार विष्टलाई रारामा रहेका प्रहरीले दिएको जानकारी अनुसार होटेलको भान्साबाट आगलागी सुरु भएको थियो। भान्सामा रहेका खाना पकाउने ग्यास पड्कदा अन्य ३ वटा भवनमा समेत आगो सल्केको र चार वटा काठका भवन पूर्णरुपमा खरानी भएका छन्।

रारा घुम्न आएका १०० जना बढी पाहुनालाई होटलबाट उद्दार गरि प्रहरी,सेना र सशस्त्र प्रहरीले नजिकै रहेको माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक,निुकञ्ज कार्यालयमा सारिएको थियो।

प्रहरी अहिले पनि घटना स्थलमै रहेकाले स्थलगत मुचुल्का पछि एकिन क्षतिको विवरण सार्वजनिक गरिनेछ।

रारा ताल घुम्न आउने पर्यटकका लागि रारा किनारमा रहेको एक मात्र होटेल थियो । रारामा डाफे होटेल र हिरिटेज होटेल रहे पनी ३ वर्ष पहिला पनि हिरिटेज होटेलमा आगलागी हुँदा अहिले सोचे जस्तो सेवा दिन सकिरहेको छैन। थप क्षतिको बिवरण आउन बाँकी छ। 
 

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्