Kathmandu Press

महोत्सवले ततायो स्याङ्जा बजार, दर्शकको भीडले बढ्यो चहलपहल 

स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ६ गतेदेखी सुरू भएको महोत्सवको ९ औं दिनसम्म दर्शकको बाक्लो उपस्थिती देखिएको हो ।
महोत्सवले ततायो स्याङ्जा बजार, दर्शकको भीडले बढ्यो चहलपहल 

काठमाडौं, फागुन १५ : स्याङ्जाको सदरमुकाम पुतलीबजारमा जारी सातौं स्याङ्जा महोत्सवले चहलपहल बढाएको छ ।

स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ६ गतेदेखी सुरू भएको महोत्सवको ९ औं दिनसम्म दर्शकको बाक्लो उपस्थिती देखिएको हो । महोत्सवमा प्रत्येक दिन फरक फरक राष्ट्रिय कलाकारको प्रस्तुती हेर्न दर्शकहरु गाउँगाउँबाट महोत्सव स्थल पुग्ने गरेका छन् । 

गत वर्षहरुमा ६ पटकसम्म सम्पन्न भइसकेको महोत्सव यस बर्ष अझ पृथक प्रभावकारी रुपमा गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला २०८१ को रुपमा सातौं स्याङजा महोत्सव २०८१ आयोजना गरिएको अध्यक्ष महादेव श्रेष्ठले बताए। 

महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफी प्रदर्शनी, माछा महोत्सव र पशुपंक्षी प्रदर्शनी तथा बिक्री कक्ष लगायतका झण्डै २२० स्टलहरु रहेका छन् । 

481295915_9600343373343813_7701245179547028970_n-1740624946.jpg
 

महोत्सवमा प्रवेशको लागि साधारण टिकट एक सय तोकिएको छ भने, विद्यार्थीको लागि रु ५० र ज्येष्ठ नागरिकको हकमा प्रवेश नि:शुल्क  गरिएको छ। महोत्सवलाई सवैको अपनत्व एवं सहज पहुँच हुने गरी अपाङ्गता मैत्री बनाईने आयोकजले जनाएको छ । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारले माहौल तताएका छन् । 

प्रकाशित मिति: ०८:४१ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्