Kathmandu Press

अफगानिस्तानसँगको हारसँगै इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

यो अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा पहिलो जित हो। ऊ पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको छ। यता, एकदिवसीय क्रिकेटमा अफगानिस्तानले लगातार दास्रो खेलमा इंग्ल्यान्डलाई हराएको हो।
अफगानिस्तानसँगको हारसँगै इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

काठमाडौं, फागुन १५ : पाकिस्तानमा जारी च्याम्पियन्स ट्रफीमा अफगानिस्तान विजयी भएको छ। बुधबार राति लाहोरमा भएको खेलमा अफगानिस्तानले इंग्ल्यान्डमाथि क्लोज म्याचमा ८ रनको जित निकाल्यो। 

यो अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा पहिलो जित हो। ऊ पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको छ। यता, एकदिवसीय क्रिकेटमा अफगानिस्तानले लगातार दास्रो खेलमा इंग्ल्यान्डलाई हराएको हो। यसअघि उसले सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि इंग्ल्यान्डलाई हराएका थियो।

अफगानिस्तानसँगको हारसँगै इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा ऊ अस्ट्रेलियासँग पराजित भएको थियो। यता, दुई खेलमा १ जित निकालेको अफगानिस्तानको सेमिफाइनल सम्भावना कायमै छ।

Hardik ivf

३२६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड जो रुटको शतकका बाबजुद ४९।५ ओभरमा ३१७ रनमै अलआउट भयो। लामो समयपछि एकदिवसीय क्रिकेटमा शतक बनाएका रुटले १११ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे। उनीबाहेक कप्तान जोश बट्लर र बेन डकेटले समान ३८ रन बनाउँदा जेमी ओभर्टनले ३२ रनको योगदान दिए। 

बलिङमा अफानिस्तानका अज्मतुल्लाह ओमरजाइले ९।५ ओभरमा ५८ रन खर्चेर ५ विवेट लिए। यस्तै, मोहम्मद नाबीले २ तथा रसिद खान, गुल्बादिन नइब र फजलहक फारुकीले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले इब्राहिज जद्रानको उत्कृष्ट इनिङ मद्दतमा ७ विकेटको क्षतिमा ३२५ रन बनायो। विस्फोटक ब्याटिङ गरेका उनले १४६ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै १७७ रन बनाए।

यस्तै, ओमरजाईले ३१ बलमा ४१ रन बनाउँदा मोहम्मद नाबीले २४ बलमा ४० र कप्तान हस्मतुल्लाह साहिदीले ६७ बलमा ४० रन बनाए। अन्तिम १० ओभरमा अफगानिस्ताले १ सय १३ रन बनाएका छ। 

बालिङमा इंग्ल्यान्डका जोफ्रा आर्चनले ३ तथा लिअम लिभिङ्सटनले २ विकेट लिए। बलिङकै क्रममा मार्क उड घाइते भएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो। उनले डेथ ओभरमा २ ओभर बलिङ गरेनन्।

प्रतियोगिता अन्तर्गत भोलि पाकिस्तान र बंगलादेश खेल्नेछन्। दुवै प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल खासै महत्वपूर्ण छैन।

प्रकाशित मिति: ०८:०२ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्