महाशिवरात्रिमा राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
प्रथम महिला सबिता पौडेलसहित बुधबार अपरान्ह पशुपतिनाथ पुगेका राष्ट्रपति पाैडेलले दर्शनसहित पूजाआराधना गरेका हुन्।-1740581769.jpg)
काठमाडौं, फागुन १४ : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन्।
प्रथम महिला सबिता पौडेलसहित बुधबार अपरान्ह पशुपतिनाथ पुगेका राष्ट्रपति पाैडेलले दर्शनसहित पूजाआराधना गरेका हुन्।
उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए।
महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ।
-1740581772.jpg)
-1740581772.jpg)
-1740581768.jpg)
प्रकाशित मिति: २०:४५ बजे, बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











