Kathmandu Press

पाल्पामा जन्मिएका सारू बने बेलायतमा मेयर

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन्। 
पाल्पामा जन्मिएका सारू बने बेलायतमा मेयर

बेलायत, फागुन १४ : भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन्। 

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्।

लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन्।

Hardik ivf

उनी यसअघि उपमेयर चुनिएका थिए।

अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उनले मेयर नियुक्त भई पदभार ग्रहण गर्नेछन्।

बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले बताए।

'औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पुर्‍याउने अवसर मिलेको छ,' उनले भने। 

 काउन्सिल इतिहासमा उनी पहिलो गोर्खा मेयर बन्न लागेका हुन्। सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन्। मेयर हुने पक्का भएपछि उनले भने, 'नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु।'

 झण्डै तीनदशक ब्रिटिश आर्मीमा सेवा गरेका  मगर हाल ब्रिटिश गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत छन्।

सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त भएका हुन्।

बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहेका सारू पाल्पामा जन्मिएका हुन्। 

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, फागुन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्